१५ दिनभित्र छाउगोठ भत्काउन कृष्णपुर नगरपालिकाकाे निर्देशन

spot_img

काठमाडौं । १५ दिनभित्र छाउगोठ भत्काउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निर्देशन दिएको छ ।

छाउगोठमा सतेका बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएपछि नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

शुक्रबार साँझ सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको उपचारका क्रममा शनिबार साँझ ८ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया गालामा डसेको थियो ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको पछिल्लाे घटनाले देखाएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार