धनगढी । कञ्चनपुरमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजीको सर्पको डसाइबाट मृत्यु भएको छ ।
महिनावारी भएर पक्की घर छोडेर जीर्ण छाउगोठमा सुतेकी कञ्चनपुरकाे नव कृष्णपुर नगरपालिका–१, निगालीकी कमलाकाे सर्पले डसेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
‘शनिबार बिहान साढे १२ बजे कमलालाई सर्पकले टोकेपछि उपचारका लागि सेती प्रादेशक अस्पताल धनगढी पुर्याइएको थियो,’ कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले भने, ‘उपचारकै क्रममा शनिबार बेलुका ७ बजे मृत्यु भएको छ ।’
सुदूरपश्चिममा व्याप्त अन्धविश्वासका कारण महिनावारीका बेला महिलाहरु छाउगोठमा बस्न बाध्य छन् ।

