काठमाडौं ।काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमा नै सकिएको छ ।महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले आइतबार नगरसभाको घोषणा गरेर कार्यपालिका बैठक कक्षबाट बाहिरिएका हुन् ।
सात महिना पछि कार्यपालिका बैठकमा उनले १ मिनेट ८ सेकेन्डमा बैठक टुङ्ग्याएर जुरुक्क उठेर हिँडेका हुन् ।
उनले उपप्रमुख सुनिता डङ्गोललाई सम्बोधन गरेपनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई भने सम्बोधन गरेनन् ।

