खेलकुदमन्त्री लक्षित प्रधानमन्त्रीकाे टिप्पणी-सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन काम गर्ने हो

'अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ', प्रधानमन्त्रीले भने, 'एनपीएल रोकिँदैन ।'

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीप्रति लक्षित गर्दै साथै उनले सरकारमा आएपछि राजनीति नगरेर काम गर्नुपर्ने बताएका छन् ।

सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘सरकारमा पोलिटिकल पार्टी नै आउँछन् । पोलिटिकल पार्टीहरू सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो । खेलको विकास गर्ने हो भने खेललाई अघि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । पोलिटिक्स भन्दा बाहिर खेलमा ध्यान दिनुपर्छ।’

साथै उनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताए ।

‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ’ उनले भने, ‘एनपीएल गौरवको विषय हो, त्यो खेलिनुपर्छ । एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु।’

आफूले हालै स्पेन भ्रमणका क्रममा रियल मड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरे ।

अहिले मन्त्री चौधरीले बनाएको कार्यदलले एनपीएलमा देखिएको विवाद छानिबन गरिरहेको छ । सोही क्रममा राखेपको लेटर हेड प्रयोग भएको र यसमा फरक फरक कार्यदल बनेको भन्ने विवाद पनि बाहिरिएको थियो ।

 

सम्बन्धित समाचार

ताजा समाचार