रसुवा बाढी : १८ जना बेपत्ता, दर्जनाै भाैतिक संरचनाका क्षती

spot_img

काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिका- २ रसुवागढीमा आज बिहान आएको बाढीले धेरै जनधनको क्षति गरेको छ ।

चीनतर्फ भएको ठूलो बर्षाको कारण भोटेकोसी नदीमा मंगलबार बिहान ३ बजेतिर ठूलो बाढी आएको स्थानीय प्रशासनले जनाएको छ ।

भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना र उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी रहेका छन् ।  उनीहरूको खोजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

बाढीले के के क्षती भयाे ?

  • नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति हुदा  मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ ।
  • गाेसाइँकुण्ड-२ मा रहेको इभी चार्जिङ स्टेशनमा क्षति हुदा चार्जिङ स्टेसनमा रहेका ७/८ वटा इभी गाडी बगाएको छ
    जलविद्धुत आयोजनामा बाढी पस्दा २०० मेगावाट विद्युत् उत्पादन पूर्णरूपमा ठप्प भएकाे छ ।
  • बाढीले गर्दा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति भएकाे छ ।
  • गोसाइकुण्ड गाउँपालिका—५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई बाटाे पूर्णरूपमा अबरोध भएकाे छ ।
  • रसुवागढी टिमुरेस्थित भन्सार यार्डमा राखिएका चारवटा मालबाहक कन्टेनर र  ९ वटा लोड कन्टेनर डिब्बा पनि बाढीले बाढीले बगाएको छ ।
  • रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा अधिकांश मालवस्तु बोकेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीमा फसेका १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको भने उद्धार गरिएको छ ।

रसुवागढीमा बाढीले ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।

क्षती विवरण :

सम्बन्धित समाचार

ताजा समाचार