काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हाे ।
नुवाकोटको त्रिशूली नदीमा दाउरा टिप्न गएका एक दम्पति त्रिशूलीमा एक्कासी आएको बाढीमा फसेका थिए ।
बाढीका फसेकाहरूले रुखमा चढेर ज्यान जोगाएका थिए ।
उनीहरुको उद्धारमा बिहान एउटा हेलिकप्टर हाइटेन्सन लाइनको कारण उद्धार नगरी र्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।
https://www.facebook.com/shikharupdates/videos/1127252412792872

