भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या, कारण अनमेल विवाह

spot_img

भोजपुर । शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको हो ।

रामप्रसाद राई- २ को धौद्लेखानीस्थित ६२ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी र छोराको हत्या भएको हो । प्रहरीले ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर श्रीमती, सालो, सासू र ससुराको हत्या गरेकाे बताएका छन् ।

उनीहरू चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । आरोपित राजेन्द्र राई पनि घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भोजपुर सदरमुकाममा पेन्टरको काम गर्दै आएका ३० वर्षीय राजेन्द्रले गिरीकी १६ वर्षीया छोरीसँग प्रेव विवाह गरेका थिए । राईसाग छोरी बसेको समेत ९ महिना भइसक्दा समेत गिरीले त्यो विवाहलाई स्वीकारेका थिएनन् ।

तर, पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा आएकाे र त्यसकाे चार/पाँच दिन अगाडि राजेन्द्र श्रीमती लिन भन्दै आएका राईलाई आमाले छोरी लैजान नदिने लगभग निश्चित भएपछि विवाद भएको र त्यसपश्चात  राती ११, १२ बजे तिर हत्या भइसकेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

तर, प्रारम्भिक सोधपुछमा राईले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन् ।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरीरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार