काठमाडौं। पेनाल्टी सुटमा नेपाल उज्बेकिस्तानसंग ४-२ ले पराजित भएसंगै अस्ट्रलियामा हने एएफसी एसियन कप महिला फुटबल २०२६ खेल्ने सपना अधुरै रहेको छ ।
नेपालले सुरुआतीदेखि नै फितलो प्रदर्शन गरेको थियो। खेलको दोस्रो मिनेटमै खबीबुल्लाएभाले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाइन्। त्यसको ८ मिनेटपछि नै नेपालले अर्को गोल बेहोर्यो।
२४औं मिनेटमा नेपालका कप्तान सावित्राले गोल गरिन्। खेल २-१ भयो ।
तर, ३९औं मिनेटमा उज्बेकले पुन: अग्रता ३–१ मा पुर्यायो। बल रोक्ने क्रममा सरस्वती हमालले ह्यान्ड गर्न पुगेपछि उज्बेकले पेनाल्टी पाएको थियो। जसलाई शोयिमोभाले सहजै गोलमा परिणत गरिन्।
यसै गरी खेलको दोस्रो हाफको ७१ र ७३औं मिनेटमा लगातर नेपालका कप्तान सिवत्रा भण्डारीले अर्को दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा उनको यो तेस्रो ह्याट्रिक हो। उनले लाओसविरुद्धको ९–० र श्रीलंकाविरुद्धको ८–० को जितमा पनि ह्याट्रिक गरेकी थिइन्।
खेल ३-३ को बराबरीमा सकिएसंगै अस्ट्रेलिया जाने टोलीको टुंगो लगाउन पेनाल्टी सुटआउटको निर्णय भएको थियो।
पेनाल्टी सुटआउटमा नेपालको तर्फबाट कप्तान सावित्रा भण्डारी र अन्जना राना मगरको मिस संगै नेपालले खेल हारेको हो । पेनाल्टीको पहिलो नेपालको तर्फबाट सुट गरेकी कप्तानको बल पोलमा लागेर फिर्ता भएको थियो भने अर्को अन्जना राना मगरको सुट किपरले सजिलै रोकेकी थिईन्।
यो संगै नेपाललाई उज्बेकिस्तानले घरेलु मैदानमा पेनाल्टी सुटआउटमा रोक्दै २२ वर्षपछि एएफसी एसियन कपमा फर्किएको छ।

