जाजरकाेटमा भिरबाट खसेको ढुङ्गा लागेर दिदी-बहिनीको मृत्यु

spot_img

सुर्खेत । जाजरकोटमा भिरमाथिबाट खसेको ढुङ्गा लागेर टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको मृत्यु भएकाे छ ।

कुशे गाउँपालिका–३ तर्पेनामा बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाकाे मृत्यु भएको हाे ।

राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले  जानकारी दिए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार