इजरायलले गाजामा गरेकाे आक्रमणमा परी ९४ जनाको मृत्यु

spot_img

काठमाडौँ । इजरायलले गाजामा गरेकाे आक्रमणमा परी ९४ जनाको मृत्यु भएको छ । बुधबार राती र बिहीबार भएकाे उक्त आक्रमणमा परि मृत्यु हुनेमा ४५ जना सहायताका लागि लाइनमा रहेका या सहायता लिन गएका व्यक्ति रहेकाे अस्पताल र स्वास्थ्य मन्त्रालयल जनाएकाे छ ।

इजरायलले पछिल्लो समय प्यालिस्टिनी क्षेत्रमा आक्रमण र गाेलीबारीलाई तीव्रता दिएको छ ।

गाजामा विस्थापित भएकाहरूको लागि बनाइएको आश्रयस्थलनजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको  हमासको नागरिक सुरक्षा एजेन्सीले जनाएकाे छ । जसमा अधिकांश महिला र बालबालिका छन् ।

 

अस्पताल अधिकारीहरूका अनुसार गाजाका विभिन्न स्थानहरूमा संयुक्त राष्ट्रसंघको सहायता बोकेको ट्रकको प्रतीक्षा गरिरहेका बेला थप ४० जनाको ज्यान गएको छ।

इजरायली सेनाले भने त्यहाँ हमासका प्रमुख कार्यकर्तालाई निशाना बनाइएको बीबीसीले उल्लेख गरेकाे छ ।

मारिएकामध्ये ४५ जना सहायताका लागि लाइनमा रहेका या सहायता लिन गएको समयमा मारिएकाे बताइएकाे छ ।

इजरायल र हमासबीच युद्धविराम तथा बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौतामा सहमत हुन दुवै पक्षमाथि दबाब बढीरहेको समयमा यो आक्रमण भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार