धनुषा । धनुषाकाे विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् ।
घाइते भएकाहरूमध्ये तीन जना सशस्त्र प्रहरीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ ।
तस्करको थप आक्रमणबाट जोगिने सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामानहरू लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खाेजतलासमा गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तरस्कर समूहले आक्रमण गरेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नं। खानतलासीका क्रममा एउटा मोटरसाइल फेला पारेको थियो ।
‘खोजतलास गर्ने क्रममा सय–डेढ सयको संख्यामा रहेका मानिसहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। त्यसक्रममा ६ जना सशस्त्र प्रहरीहरू घाइते भएका छन् भने स्थिति नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर समेत गरेको थियो,’ उनले भने।

