मनसुन शुरू भएसँगै ६७४ विपद्का घटना : ३१ जनाकाे मृत्यु ११२ घाइते

spot_img

काठमाडौँ । पछिल्लाे १ महिनामा देशैभर ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । जेठ १५ देखि यही असार १६ गतेसम्म भएका ६७४ वटा विपद्का घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार याे अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ।

यस अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।

यसैगरी, बाढीका ६४ घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् भने चार वटा घरमा क्षति भएको छ ।

यसैगरी, चट्याङका ८२ वटा घटनामा ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

हुरीका ४५ घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको प्राधिकरणले जनाएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार