कुलिङ पिरीयड व्यवस्था हेरफेर : माओवादी केन्द्र र रास्वपाले माग्याे खतिवडाको राजीनामा

spot_img

काठमाडौँ । नेकपा माओवादी केन्द्र र रास्वपा ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा भएको छेडखानीलाई गम्भीर अपराधको संज्ञा दिँदै समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताए । यो घटना संसदमाथिको गम्भीर अपराध भएकाले यसलाई सामान्य रूपमा लिन नसकिने उनले बताए ।

‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो । उहाँको संलग्नता छैन भने नैतिक रूपमा हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ,’ सापकोटाले भने ।

यसैगरी रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा मागेका छन् । उनले लेखेका छन् , ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ? की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

साथै उनले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गर्दै लेखेका छन्, ‘र, पढ्दै नपढेर “हुन्छ’’ “हुँदैन’’ भन्नेहरूलाई “कुरी कुरी’’ ।

सम्बन्धित समाचार

ताजा समाचार