ग्वार्को स्थित फ्लाइओभरकाे काम सम्पन्न, असार ६ मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

spot_img

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरकाे काम सम्पन भएकाे छ ।

असार ६ गते प्रधानमन्त्रीले केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् ।  त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

निर्माण कार्यमा ढिलाई भए पछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणमा सक्रियता देखाएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार