काठमाडौँ । भारतमा गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक विमान दुर्घटना भएको छ । गुजरात प्रान्तको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटना भएको हो ।
जहाजमा २४२ यात्रु सवार रहेकाे बताएइकाे छ ।
हिन्दुस्तान टाइम्सका अनुसार यो दुर्घटना बिहीबार दिउँसो १ देखि २ बजेबीचको समयमा भएको जनाएकाे छ ।
विमान टेकअफको समया दुर्घटना भएको भनिएको छ । अहिलेसम्म दुर्घटनाको थप विवरण सार्वजनिक भएको छैन ।
विमानस्थल आसपास धुवाँको मुस्लो उडिरहेको तस्बिरहरू भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।

