काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा रहेकाे विभागले जनाएकाे छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको थियाे ।
आज विराटनगर, जनकपुर, काठमाण्डौं, पोखरा, जोमसोम लगायत देशभरीका सबैजसो शहरमा पानी पर्ने सम्भावना छ ।
पछिल्लो १ घण्टामा कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेकाे छ । कोशी प्रदेशको झापा जिल्लाको १-२ स्थानमा भारी वर्षा मापन भएको छ ।
सो वर्षा गराउने प्रणाली दक्षिण-पश्चिम दिशातर्फ सर्दै गईरहेकोले आसपासका क्षेत्रमा समेत मेघ गर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको विभागले जनाएकाे छ । त्यस्तै गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदली र वर्षा हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेकाे छ।

