नागढुंगा–नौबिसे सडक खण्ड भाेलीदेखि पाँच दिन बन्द हुने, वैकल्पिक बाटाे प्रयाेग गर्न सुझाव

spot_img

काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्डमा पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले भाेली अर्थात जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।

यस अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा समाचार