रुकुम पूर्वको यार्सा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

spot_img

रूकुम पूर्व । रूकुम पूर्वकाे पूथा उत्तरगंगा गाउँपालिका-१ मैकोटको ४ हजार ५ सय ५० मिटर को उचाइमा रहेको वुकिपाटन पुपालमा सरसफाइ तथा जन चेतना मूलक कार्यक्रम संचालन गरीएकाे छ । ५ जून, विश्व वातावरणा दिवसका अवसरमा वुकिपाटन पुपालमा फालिएका प्लाष्टिकजन्य फाेहाेरकाे सरसफाइ गर्दै जनचेतनामूलक कार्यक्रम गरिएकाे हाे ।

पुथा उत्तरगंगा गाउँपालिकावासी यार्सागुम्बा संकलनका लागि वुकिपाटनमा जाने गर्छन । यस गाउँपालिकाका केहि वडा वासीहरुको यार्सागुम्बा संकलन मुख्य आय श्रोत समेत हाे । तर यस क्षेत्रमा यार्सागुम्बा संकलन गर्न जादा जथाभावी रूपमा प्लाष्टिकजन्य सामान फाल्नाले वातावरण प्रदुषित भइरहेकाे छ । जसकारण, पछिल्ला वर्षहरूमा यार्सा संकलनमा समेत कमि आएको स्थानीयले बताएका छन् ।

प्लाष्टिकजन्य सामानकाे अत्यधिक प्रयाेग र अव्यवस्थित प्लाष्टिकजन्य फोहोर न्यूनिकरण सम्बन्धि र्‍याली तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरीएकाे हाे ।

यहाँका स्थानीयका अनुसार यर्सागुम्बा आम्दानीको श्रोत मात्र नभएर यहाँका स्थानीयकाे संस्कार संस्कृति संग समेत जाेडिएकाे छ ।

युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व क्लष्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास (सिड) परियोजना तथा पुथा उत्तरगंगा गाउँ पालिका वडा न १,र २  को समन्वयमा सरसफाइ कार्यक्रम संचालन गरीएकाे हाे ।

सम्बन्धित समाचार

ताजा समाचार