काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जना भारतीय पक्राउ परेका छन् ।
भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्तलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै गर्दा पक्राउ परेका थिए । उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरीएकाे सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ ।
पक्राउ परेका सामान्तलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

