जर्मनीमा पहिलो पटक मैनबाट चल्ने रकेटकाे सफल परीक्षण

spot_img

काठमाडौ । जर्मनीमा पहिलो पटक मैनबत्ती (मैन)को उर्जा प्रयोग गरेर अन्तरिक्षमा रकेट पठाउने परीक्षण गरीएकाे छ । जर्मन स्टार्टअप कम्पनी हाइइम्पल्सले गत शुक्रबार दक्षिणी अस्ट्रेलियाको कुनिब्बामा प्रक्षेपण स्थलबाट परीक्षण उडानमा पठाएको हाे ।

‘एसआर–७५’ नाम दिइएको उक्त रकेट १२ मिटर लामो र २.५ टन तौलको रहेकाे छ ।

यो परीक्षणसँगै यी रकेटले कम लागतमा साना व्यावसायिक उपग्रहहरूलाई अन्तरिक्षमा लैजान सक्ने बताइएकाे छ ।  यसले पृथ्वीबाट २५० किलोमिटरको उचाइमा २५० किलोसम्मको तौल बोक्न सक्छ ।

यस कम्पनीले आगामी वर्षको अन्त्यसम्म ठूलो रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । जसले ६०० किलो सम्म तौलका उपग्रहलाई अन्तरिक्षमा लैजान सक्नेछ ।

जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट ह्याबेकले भखैरै यसको कार्यालयको भ्रमण गरेकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।

यस रकेटमा उर्जाका लागि प्याराफिन अर्थात् मैनबत्ती मोम र तरल अक्सिजन प्रयोग गरिएको छ । रकेटमा सामान्यतया तरल हाइड्रोजन र तरल अक्सिजन प्रयोग गरिन्छ । जुन रकेटमा प्रयोगका लागि माइनस ४३२ डिग्री सेल्सियसमा चिसो गरिन्छ ।

हाइड्रोजनको सट्टा मैन प्रयोग गरेर अन्तरिक्षमा उपग्रह पठाउने लागत लगभग आधा गर्ने अनुसन्धानले देखाएको छ ।

विगतका दशकहरूमा उपग्रहबाट अन्तिरिक्षमा उपग्रह पठाउने क्रम द्रूत रूपमा बढेको देखिन्छ । सन् २०२० देखि हरेक वर्ष एक हजारभन्दा बढी उपग्रह अन्तरिक्षमा पठाइँदै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार