काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हाे ।
नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा मध्यक्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । आरिफले करियरकै उच्च स्कोर बनाए । उनले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।
आरिफले दीपेन्द्रसिंह ऐरीसँग पाँचौ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।
दिपेन्द्रसिंह ऐरीले ५१ बलम ३ चौका हान्दै नटआउट ३८ रन बनाए । कुशल भुर्तेलले २५ र कप्तान रोहित पौडेलले २३ रन बनाए । त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै नटआउट ११ रन बनाए ।
नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डले ७१ बलमा ४६ रन र जाच लियोनले २७ रन बनाए । विक्रमजिस सिहंले ३८ रनको बनाए ।
नेदरल्यान्ड्सका नाओ क्रोइसले ४८ रन बनाए । भान डेर मर्वी २१ रनमा रनआउट भए । नाओ र मर्वीबीच आठौं विकेटका लागि ६५ रनको साझेदारी गरे ।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए । करण, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए ।

यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।
सिरिजमा सुरुवाती दुई खेलमा जित निकालेसँगै नेपालले १४ खेलबाट १० अंक जोडेको छ । अंक तालिकामा भने नेपाल पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ ।
अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

