काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले बताएका छन् ।
बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था अनुसार उनलाई निलम्बन गरिएको बताइएको छ । ‘अब उहाँको निलम्बनबारेमा कार्यपालिका बैठकमा छलफल हुन्छ,’ गुरागाईंले भने, ‘त्यसपछि उहाँलाई के गर्ने भन्नेबारेको थप निर्णय त्यहीँबाट हुन्छ ।’
यसबारेमा राजु पाण्डेलाई साेध्दा उनले हुलहुज्जत गर्यो भनेर निलम्बन गरिएको भन्ने सुनेकाे र आफुले यसबारेमा अहिले केहि नबोल्ने बताए ।

