काठमाडौं उपत्यकामा नेपाल प्रहरीले चलायाे निशुल्क बस , यी हुन् रूट

spot_img

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन् । नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनस् नक्साल घुम्नेछ ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ ।

सार्वजनिक यातायात बन्द हुँदा लामो दुरीका यात्रुहरू मर्कामा परेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार