डोटीकाे केआइसिंहमा जिप दुर्घटना, ८ जना घाइते

spot_img

डोटी । डोटीकाे केदारगाउँमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बोगटानबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउँपालिका–५, केदारगाउँमा दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भिर छ ।

घाइते हुनेमा जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८, फुलवारीका २४ वर्षीय हरिचन्द्र चौधरी, डोटीको बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका मिनबहादुर बम, चनादेवी चन्द, महेश्वरादेवी चन्द, बीर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४, वायलका नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३, सकायलकी राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।

घाइतेमध्ये मिनबहादुर बम र चनादेवी चन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार