काठमाडौँ । संघीय सरकारले पर्यटन प्रवर्द्धन गर्ने घाेषणा गरेकाे छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्धन गर्न सुरक्षित पर्यावरण पदमार्ग निर्माण गरिने बताए ।
जसमा सुक्लाफा–खप्तड, बर्दिया–रारा, लुम्बिनी– मुक्तिनाथ, सौराह–गोसाइकुण्ड, जनकपुरधाम–कालिञ्चोक, कोशिटप्पु–सगरमाथा, केचना–पाथिभरा, खप्तड– –रामारोसन–बडिमालिमा, बुढिगंगा–रारा जोड्न सुरक्षति पर्यावरणीय पदमार्ग निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए । साथै उनले यी क्षेत्रमा पर्यटन पूर्वाधारको विकाससमेत गरिने बताए ।

