आज अठारौँ गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

spot_img

काठमाडौं । आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे छ ।

काठमाडौंको टुँडिखेलमा विशेष समारोहबीच सरकारले आज गणतन्त्र दिवस मनायाे । हरेक वर्ष झैं यो वर्ष पनि शान्तिको प्रतीक परेवा उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक निकायका पदाधिकारी उपस्थिति छन्नेपालमा १५ जेठ २०६५ सालमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

नेकपा एमालेका कार्यकर्ताहरुले भृकुटीमण्डप भेला भएर गणतन्त्र उत्सव मनाएका छन् ।

एमालेले गणतन्त्र उत्सव मनाउन विभिन्न स्थानमा सांस्कृतिक झाँकी सहितको प्रदर्शन निकालेको थियो । अहिले उनीहरु प्रदर्शन सकेर फर्किएका छन् ।

राजावादीकाे प्रदर्शन २ बजे हुने भएकाले स्थानीय प्रशासनले एमाले प्रदर्शनका निम्ति दिउँसो २ बजेसम्मका लागि समय तोकेको थियो ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार