पहिराे जादैछ भनेर कसरी थाहा पाउने ? के के पूवर्संकेत देखिन्छन ?

spot_img

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग बर्षाबाट बढी प्रभावित हुन सक्ने पनि उल्लेख गरेको छ ।

वर्षासँगै निम्तिने प्राकृतिक विपदले हरेक वर्ष हजारौ मानिसको ज्यान लिने गरेको छ । यस वर्ष अन्य वर्ष भन्दा बढी पानी पर्ने सम्भावना देखिएको छ । जसकारण बाढी पहिरोको जोखिम बढेको छ ।

नेपालमा पहिरोको कारणले वर्षेनी ३ सय भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भने लाखाैँ धनमालकाे क्षति हुने गरेकाे छ । याे क्षति नहाेस भन्नका लागि तपाइ भिरालो जमिनमा बस्नुहुन्छ र भिरालो जमिन भएर कतै यात्रा गर्दै हुनुहुन्छ भने वर्षाको समयमा अझ बढि सचेत हुनुपर्छ । पहिरो जानुभन्दा पहिले केहि पूर्व संकेतहरु देखिने गर्छन, जसकारण पहिरोको जोखिमबाट बच्न सकिन्छ ।

यी पूर्वसंकेत देखिए, सुरक्षित स्थानमा बसाैँ । के के हुन् त पहिरोको पूर्व संकेत ?

१. जमिनको धाँजाहरु फाटेको छ भने पहिरो जान सक्छ भनेर बुझ्ने

२. घरको वरीपरी खम्बा, रुखहरु ढल्किरहेको छ भने, जमिनमूनि हलचल भइरहेको छ पहिरो जान सक्न भनेर बुझ्ने

३. पानीको मूलबाट धमीलो पानी आउन थाल्यो भने वा अरु वर्षाको समयभन्दा कम पानी आयो, पानी सुक्दै गयो भने पहिरो जान सक्न भनेर बुझ्ने

४. घरहरु ढल्किरहेको, माथीबाट ढुङ्गा खसीरहेको र जमिन भासीरहेको छ भने पहिरो जान सक्न भनेर बुझ्ने

यसका साथै आफ्नो क्षेत्रका कति पानी परिरहेको छ, अबको पानी पर्ने सम्भावना के छ भन्ने विषयम जानकारी पनि लिइरहनुपर्छ ।

(राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे सहयाेगमा)

सम्बन्धित समाचार

ताजा समाचार