सिमराबाट काठमाडौं उडेको जहाजमा यात्रुको मृत्यु

spot_img

काठमाडौँ । बाराको सिमराबाट काठमाडौं उडेको जहाजमा यात्रुको मृत्यु भएको छ । मंगलबार दिउँसो सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेकाे जहाजमा साे घटना भएकाे हो ।

मंगलबार अपराह्न ४ बजे बुद्ध एयरको जहाजमार्फत राैतहटको फतुवा विजयपुर नगरपालिका ११ का ३९ वर्षीय राजुकुमारी चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आउँदै थिए । राजुकुमारी सँगै उनका श्रीमान्ज ङ्गबहादुर चौधरी पनि थिए । तर केही समयमै राजुकुमारी जहाजमै अचेत भएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजुकुमारीलाई तत्काल केएमसी अस्पताल सिनामंगल पुर्‍याइएको थियो । चिकित्सकहरूले राजुकुमारीको निधन भइसकेको घोषणा गरेका थिए ।

शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार