हेटौंडा । मकवानपुरको चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी ब्रेक फेल हुँदा त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
साेमबार दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको थियाे ।

