काठमाडौँ । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले सगरमाथा र ल्होत्से आरोहण गरेकी छन् । उनले ८ हजारभन्दा अग्ला दुई हिमाल आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको हुन् ।
कविताले सामाजिक सञ्जालमा गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।

गतसातादेखि वसन्तकालिन आरोहण सुरु भएको छ । आइतबार कवितासहित ९ जना विदेशीले एकैसाथ सगरमाथा आरोहण गरेक थिए ।
कविता नेपालकी चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।
यसअघि अभिनेत्रीद्वय निशा अधिकारी र दीया पुनले पनि सगरमाथा आरोहण गरिसकेका छन् ।

