काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेकोले न्यायालयप्रतिको विश्वास कमजोर बनेको बताएका छन् ।
‘न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेका छन् । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ,’ सांसद झाले भने ।
उनले न्यायाधीश नियुक्तिका लागि नामावली लिएर कांग्रेस नेता रमेश लेखक (वर्तमान गृहमन्त्री) आफूलाई भेट्न आएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि अभिव्यक्ति दिएको भन्दै उनले यस्तै कारणले न्यायलयमा राजनीतिक संरक्षण रहेको बताए ।
सांसद झाले भने, ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि भन्नुभएको थियो, नेपाली कांग्रेसका नेता रमेश लेखक (वर्तमान गृहमन्त्री)ले न्यायालयको न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो नाम सिफारिस नभए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो । आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण दिइरहेका छन् । यसले न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ ।’

