काठमाडौँ । सरकारले कञ्चनपुरकाे भीमदत्त नगरपालिकाका र दोधराचाँदनी नगरपालिकाका ७ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैकठले आगामी वर्षालाई समेत ख्याल गर्दैै ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा ११, १२ र १३ र दोधराचाँदनी नगरपालिकाका वडा ३, ८, ९ र १० वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरिएको हो ।

