जावलाखेलकाे चिडियाखानाबाट रेडपाण्डा चोर्ने प्रयास, अनुसन्धान जारी

spot_img

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा दुर्लभ वन्यजन्तु रेडपाण्डा चोर्ने प्रयास भएकाे छ । मंगलबार दिउँसाे करिब ३ बजेतिर चिडियाखाना आएका दुई युवकले रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेका थिए ।

रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीस) क्यामरामा समेत कैद भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार सुरक्षाकर्मीले शंका गरेपछि उनीहरू रेडपाण्डा छाडेर भागेका थिए । घटनाको अनुसन्धान भइरहेको छ ।

रेडपाण्डा नेपालमा पाइने दुर्लभ तथा संरक्षित वन्यजन्तु हो । चिडियाखानामा हाल एउटा मात्र रेडपाण्डा छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार