रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतकाे आदेश

spot_img

काठमाडौ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

तीनकुने घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि भन्दै ४७ दिनदेखि थुनामा रहेका मिश्रलाई लिएर कारणसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश जारी गरेको हो ।

मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी लिएर उपस्थित हुन भनेको हो । कहिले उपस्थित हुने भन्नेबारे सर्वोच्च प्रशासनले जानकारी दिएको छैन।

राप्रपा वरिष्ठ उपाध्यक्ष तथा ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव मिश्रलाई चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीमाथिको अनुसन्धान सक्नेभन्दा पनि थुना लम्ब्याउने नियत राखेको राप्रपाको आरोप छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार