रवीन्द्र मिश्रलाई गैरकानुनी रूपमा प्रहरी हिरासतमा राखीएकाे भन्दै सर्वोच्चमा रिट दायर

spot_img

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४६ दिनदेखि प्रहरी हिरासतमा राखीएकाे भन्दै सर्वाेच्चमा रिट परेकाे छ । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रवीन्द्र मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

‘संयुक्त जनआन्दोलन समिति’ जनकमान्डर दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएकाे प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष तथा ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव मिश्रलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ ।

यस रिटको पेसी बुधबारका लागि तोकिएको छ । मिश्रलाई रिहाइ गर्न माग गर्दै राप्रपाले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ भने १२ दिनदेखि ललितपुरको जावलाखेलमा रिले अनशन जारी छ।

सम्बन्धित समाचार

ताजा समाचार