भारत-पाकिस्तान द्वन्द्व : नेपाली कांग्रेस भारतको पक्षमा

 ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं ।'

spot_img

काठमाडौँ । भारत-पाकिस्तान द्वन्द्वका बिच सत्तारुढ दल नेपाली कांग्रेस भारतकाे पक्षमा देखिएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पार्दै कांग्रेस भारतकाे पक्षमा रहने बताएका हुन् ।

भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई पार्टीले जायज ठहर गरेको महतले बताए ।

‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं,’ उनले भनेका छन् ।

नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको समेत उनले बताए । ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं । आतंवादलाई निरुत्साहत गर्ने कुरामा साथमा छौं,’ महतले भने ।

सम्बन्धित समाचार

ताजा समाचार