आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

spot_img

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रम :

  • लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहने
  • पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने
  • स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने
  • विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने
  •  उद्यमशीलता मैत्री शिक्षामा जोड दिने, पाठ्यक्रम सुधार गर्ने
  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने
  • उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक, निजी, साझेदारीलाई प्रोत्साहन गर्ने
  • वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरिने
  • कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने
  • सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने
  • वैकल्पिक वित्त कोष स्थापना
  • युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने
  • सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने
    • कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने
  • सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने
  • व्यापार सम्झौता विस्तार, वस्तु विनिमय सम्बन्धी कानुन, नवीन वित्तीय उपकरण मार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पूँजी आकर्षित गर्ने
  • विश्वविद्यालयलाई अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने
  • विद्यालय शिक्षामा देखिएका चुनौती सामना गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने छ
  • विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान तथा विकास तर्फ केन्द्रित गरिने
  • सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने
  • कृषि मल कारखाना स्थपना गर्ने
  • पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने
  • अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने
  • १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने
  • जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने
  • विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने
  • रैथाने बाली प्रवर्द्धन गरिने
  • सरकारले स्पोर्टस स्कुल कार्यक्रम ल्याउने
  • भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने

सम्बन्धित समाचार

ताजा समाचार