काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नढल्ने भएपछि विरीधिहरू खत्र्याक्कै भएकाे टिप्पणी गरेका छन् ।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको बताए ।
‘शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गेर पुर्पुरामा हात लगाएर बसे हल्ला गर्नेहरु विचराहरु । त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्याक्कै हुँदारहेछन्। थुचुक्कै।’ संसदीय दलको बैठकमा ओलीले भने ।
प्रधानमन्त्री ओलीले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै भ्रम फैलाएकाेले त्यसकाे पक्षमा नलाग्न समेत बताए । उनले भने, ’ हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ । मैले साथीहरुलाई भन्दै आइरहेको छु, भ्रम फिजाउने तत्वहरुले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस् ।’
ओलीले आफ्ना पार्टीका सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन समेत दिए ।
‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलापलाई आलोचना गर्नुपर्दछ । किन भने देशभन्दा ठूलो अरु केही छैन ’, उनले भने

