राप्रपा समाप्त हुने सपना नदेखे हुन्छ : अध्यक्ष लिङ्देन

spot_img

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी समाप्त हुने सपना कसैले नदेख्न चेतावनी दिएका छन्। पार्टी महामन्त्री धवलशमशेर राणाले आगामी जेठमा महाधिवेशन नभए राप्रपा सकिने भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत यस्तो जवाफ दिएका हुन्। उनले राप्रपा असंख्य कार्यकर्ताको रगत, पसिना र बैँस खर्चेर बनेको उल्लेख गर्दै चुनाव हार्दैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त नहुने स्पष्ट पारेका छन्।

अध्यक्ष लिङ्देनले राप्रपा आफ्ना विगतका गल्ती र कमजोरीहरूलाई सच्याउँदै थप सशक्त र पुनर्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गरेका छन्। उनले पार्टीले हार बेहोरे पनि राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको आफ्नो मुख्य एजेन्डा र अवधारणाबाट कत्ति पनि विचलित नहुने र पछि नहट्ने बताएका छन्। महामन्त्री राणाले रातोपाटीसँगको अन्तर्वार्तामा पार्टीको अस्तित्व रक्षाका लागि समयमै महाधिवेशन हुनुपर्ने अडान राखेपछि अध्यक्ष लिङ्देनको यो बचाउपूर्ण प्रतिक्रिया सार्वजनिक भएको हो।

सम्बन्धित समाचार

ताजा समाचार