सरकार फेरिने समाचार मनोरञ्जनका लागि बनाइएको : परराष्ट्रमन्त्री डा. राणा

आफूहरू दुवैजना विदेश रहेका बेला सरकार फेरिने समाचार  मनोरञ्जनका लागि बनाइएको बताएकी हुन् । 

spot_img

काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गर्दै सरकार फेरिने समाचार मनाेरञ्जनका लागि बनाइएकाे बताएकी छन् ।

राणाले २१ देखि २५ अप्रिलसम्म बैंककमा भएको संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औँ सत्रमा सहभागी भएर शुक्रबार काठमाडौं फर्किने क्रममा आफूहरू दुवैजना विदेश रहेका बेला सरकार फेरिने समाचार  मनोरञ्जनका लागि बनाइएको बताएकी हुन् ।

उनले भनिन, ‘ ‘हामी विदेशमा हुँदा यता देशमा हल्ला चलेछ । मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन् । सरकार नेपालमै बसेर परिवर्तन गर्ने होला नि, विदेशमा बसेर होइन ।’

राणाले आफू विशुद्ध राष्ट्रसंघीय कार्यक्रममा गएको र कांग्रेस सभापतिसमेत रहेका पति शेरबहादुर देउवा पनि उपचार र व्यक्तिगत काममा गएकाे जानकारी दिइन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार