काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाकाे आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको हाे ।
राजसंस्था पुनस्स्थापनाको माग र चैत १५ को प्रदर्शनमा सहभागी आफ्ना नेताहरूको रिहाइको माग सहित वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध कार्यक्रम र धर्ना गरिने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्याउने निर्णय गरेको बैठकपछि लिङ्देनले जानकारी दिए ।

