काठमाडाैँ । राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रममा तनाव सिर्जना भएको छ ।
आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

साथै, तीनकुनेका स्थानीयका घरमा बसेर प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले तीन घर तोडफोड गरेका छन् ।


