विपक्षी दलकाे अडान कायमै, संसद बैठक आज पनि बस्न सकेन

spot_img

काठमाडाैँ । विपक्षी दलहरूकाे अवराेधकाकारण प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडानका कारण बैठक स्थगित भएकाे हाे ।

सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । तर, सहमति जुट्न सकेको छैन ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार