काठमाडाैँ । गणतन्त्रवादी र राजावादीले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर १२ बजेपछि मात्र प्रदर्शन गर्ने भएका छन् ।
यसअघि ११ बजेदेखि गर्ने भनिएकाे प्रदर्शनको समय संशोधन गरेकाे हाे ।
एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।
राजावादी समूहले समितिले तिनकुनेमा सभा राखेको छ । समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।समितिका संयोजक नवराज सुवेदीले आइतबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि हुने प्रदर्शनको मुख्य उद्देश्य संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण भएको बताएका थिए ।
शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गरी शक्ति प्रदर्शन गर्ने तयारी गरीरहेकाे छ ।

