ओली, देउवा र प्रचण्डकाे किन बस्दैछ बैठक ?

spot_img

काठमाडाैँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सोमबार दिउँसो बस्दैछ । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुन लागेको हो ।

माओवादी केन्द्रको जागरण अभियानका क्रममा चितवन रहेको प्रचण्ड, अभियान स्थगित भएपछि आजै काठमाडौं फर्कदै छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न सकेको छैन ।

दुवै आयोगका पदाधिकारी नियुक्तिलगायत अड्किएका विषय टुंग्याउने गरी शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार