इजरायलले ६ हप्ताका लागि गरेकाे युद्धविरामको प्रस्ताव प्यालिस्टिनी लडाकू समूह हमासले अस्वीकार गरिदिएको छ ।
इजरायलले युद्धविराम प्रस्ताव गरे पनि युद्ध समाप्त गर्ने दिशामा भने इजरायलको कुनै प्रतिबद्धता नदेखाएकाे प्यालिस्टिनी उच्च अधिकारीले बताएका छन्
बीबीसीका अनुसार इजरायलले आफ्नो प्रस्तावमा युद्धविराम लागू गरेको बदलामा हमासले हतियार छाड्नुपर्ने सर्त राखेको बताएकाे छ ।
इजरायलले गरेको युद्धविराम प्रस्तावमा हमासले बन्धक बनाएकामध्ये आधालाई रिहा गर्नुपर्ने सर्त भएकाे तर, हमासले उठाउँदै आएका प्रमुख मागहरूबारे उल्लेख नभएकाे बताएइकाे छ ।
गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो । हालै गाजाको खान युनिसस्थित एक अस्पतालमा भएकाे हवाई आक्रमणमा हमासका एक नेता मारिएको इजरायलले दावी गरेको थियो ।
उता संयुक्त राष्ट्रसंघीय एजेन्सीले भने गाजामा मानवीय अवस्था युद्ध सुरु भएयताका १८ महिनामा सबैभन्दा खराब स्थितिमा पुगेको बताएको छ ।

