रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ८ जना घाइते

spot_img

रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाले बताए । उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । ७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ ।

सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ । अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार