नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गतनेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

spot_img

मुम्बईको वानखेडे स्टेडियममा भएको ऐतिहासिक भिडन्तमा नेपाल विश्वविजेता इङल्याण्डसँग मात्र ४ रनको झिनो अन्तरले पराजित भएको छ।

इङल्याण्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाउन सफल भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रनको उत्कृष्ट इनिङ्स खेल्दै टी-२० आईमा २,००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाए भने अन्तिम समयमा लोकेश बमले ३८ रन जोड्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक भएको अवस्थामा इङल्याण्डका जोफ्रा आर्चरले कसिलो बलिङ गरेपछि नेपाल ऐतिहासिक जितबाट थोरैले चुक्यो।

हारका बाबजुद नेपालको यो प्रदर्शनले विश्व क्रिकेट जगतलाई चकित पारेको छ। सुरुवाती बलिङमा ५ रनमै इङल्याण्डको पहिलो विकेट लिएर दबाब सिर्जना गरेको नेपालले ब्याटिङमा पनि उत्तिकै साहस देखायो। वानखेडेको मैदानमा उपस्थित हजारौँ नेपाली समर्थकहरूले टोलीको यो जुझारु प्रदर्शनलाई उठेर सम्मान प्रकट गरे। इङल्याण्डका कप्तान ह्यारी ब्रुकले समेत नेपालले आफूहरूलाई कडा चुनौती दिएको र यो खेल निकै कठिन भएको स्वीकार गरे। नेपालका लागि यो खेल हार भए पनि विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने एक सुनौलो अवसर साबित भयो।

सम्बन्धित समाचार

ताजा समाचार