विश्वकपको मञ्चमा नेपालले आज वानखेडेमा पूर्व च्याम्पियन इंग्ल्यान्डसँग भिड्दै

spot_img

नेपाली क्रिकेट टोलीका लागि आज ऐतिहासिक दिन हो। मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा आज दिउँसो ३:१५ बजे नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा पूर्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले आज पहिलो पटक इंग्ल्यान्डसँग कुनै पनि फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रँदै छ। खेलअघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई शुभकामना दिँदै वानखेडेमा गुञ्जिने नेपाली राष्ट्रिय धुनले विश्वभरका नेपालीलाई गर्वान्वित तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ।

नेपालले यसअघि भएका अभ्यास खेलहरूमा यूएई र क्यानडालाई पराजित गर्दै सानदार प्रदर्शन गरेको थियो। अनुभवी बलर सोमपाल कामीले इंग्ल्यान्ड जस्तो बलियो टोलीलाई हराएर नेपालले विश्वलाई सरप्राइज दिन सक्ने बताएका छन्। आजको खेलमा सन्दीप लामिछाने, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी जस्ता खेलाडीहरूको प्रदर्शन मुख्य आकर्षण रहनेछ।

सम्बन्धित समाचार

ताजा समाचार