सुनको मूल्यमा एकैदिन ९ हजार ५ सयको भारी वृद्धि, प्रतितोला ३ लाख नाघ्यो

spot_img

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो।

गत शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। यसअघि माघ १५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा यसको प्रत्यक्ष असर परेको विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार